राजनीति मुख्य समाचार

पूर्व सांसद गाउँपालिका प्रमुखको उम्मेदवार

पूर्व सांसद गाउँपालिका प्रमुखको उम्मेदवार

असार ५ । खोटाङका पूर्व सांसद कुलप्रसाद (केपी) फुयाँलले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

पूर्व सांसद फुयाँलले नेकपा मालेकातर्फबाट साकेला गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएका हुन् । नेकपा मालेका पोलिटव्यूरो सदस्य रहेका फुयाँलले आईतबार गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । साकेला गाउँपालिकामा नेकपा मालेकातर्फबाट फुयाँल सहित ११ जनाको उम्मेदवारी परेको छ ।

फुयाँल नेकपा एमालेकातर्फबाट २०४८ सालको संसदीय निर्वाचनमा खोटाङ क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएका थिए । पार्टी विभाजित हुनेक्रममा उनी हाल नेकपा मालेमा पुगेका हुन् ।

 

विशेष