राजनीति

भरतपुरको रोकिएको मतगणना सुरु गर्ने आयोगको तयारी

भरतपुरको रोकिएको मतगणना सुरु गर्ने आयोगको तयारी


जेठ १८ – भरतपुर महानगरपालिकाको मतगणना विवादबारे निर्णय गर्न निर्वाचन आयोगको बैठक बसिरहेको छ ।  बैठकमा भरतपुरमा फेरि मतदान गराउने कि मतगणनालाई अघि बढाउने भन्नेबारे छलफल भइरहेको छ ।

आयोग निकट उच्च स्रोतका अनुसार भतरपुरमा पुनः मतदान गराउँदा गलत नजिर बस्ने भएकाले आयोगले च्यातिएको मतपत्रलाई बदर घोषित गरी मतगणना अघि बढाउने निर्णय गर्ने सम्भावना छ । ‘पुनः मतदान गराउनेतर्फ भन्दा पनि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव च्यातिएको मतपत्रलाई बदर घोषित गरेर मतगणनालाई अघि बढाउने मनस्थितिमा देखिएका छन् ।

घटनाबारे छानबिन गर्न आयोगले सोमबार गीताप्रसाद तिमिल्सिनको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ ले कुनै कारणले मतपत्र नोक्सान भएमा त्यो मतदान केन्द्रमा पुनः मतदात गराउनु पर्ने कानुनी व्यवस्था छ । तर भरतपुरमा मतगणनामा बसेका दलका प्रतिनिधिले नै नियमतवस मतपत्र च्यातेको निष्कर्ष निकाल्दै आयोगले मतगणना अघि बढाउने तयारी गरेको स्रोतको दावी छ ।

यदि भरतपुरमा पुन मतदान गराएर अरु ठाउँमासमेत त्यस्तै घटना दोहोरिन सक्ने भन्दै आयोगमा गम्भीर छलफल भइरहेको छ ।  आइतबार राति भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतगणना जारी रहेका बेला माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोणराज शिवाकोटीले मतपत्र च्यातेपछि मतगणना रोकिएको छ ।

Bhartpur Ganana

विशेष