राजनीति मुख्य समाचार

३४ जिल्लामा चुनावी सरगर्मी तात्यो, भोलि अन्तिम नामावली प्रकाशन

३४ जिल्लामा चुनावी सरगर्मी तात्यो, भोलि अन्तिम नामावली प्रकाशन

असार ५ । निर्वाचन आयोगले असार १४ गते हुने स्थानीय तह निर्वाचनको मनोनयनपत्र दर्ता गरेसँगै चुनावी माहोल तातिएको छ ।

मनोनयन दर्ता गरेसँगै उम्मेदवारहरुले प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् ।

आयोगले असार १४ गते निर्वाचन हुने ३ सय ३४ स्थानीय तहमा आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज९सोमबार० दाबी विरोध गर्ने कार्यक्रम राखेको छ ।

आयोगले दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तय गरेको छ । यसबीचमा उम्मेदवारको योग्यतामाथि प्रश्न चिह्न खडा भए दाबीविरोध गर्न सकिने आयोगले जनाएको छ ।

यसैगरी आयोगले मनोनयन दर्ता गराएका उम्मेदवारले भोली९मंगलबार० बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र भोली नै ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।

आयोगले भोली नै उम्मेदवारहरुलाई चुनाव चिन्हसमेत वितरण गर्ने भएको छ । यसअघि असार १४ गते हुने प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।

तीन वटा प्रदेशमा पर्ने एक महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिका र २ सय १५ वटा गाउँपालिकाका लागि हिजो मनोनयन दर्ता गरिएको हो । यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।

विशेष