राजनीति मुख्य समाचार

नेविसंघमा चरम विवाद, महामन्त्री भन्छन्ः अध्यक्ष नसच्चिए कठोर कदम चाल्न बाध्य हुनेछु

नेविसंघमा चरम विवाद, महामन्त्री भन्छन्ः अध्यक्ष नसच्चिए कठोर कदम चाल्न बाध्य हुनेछु

 

असार ५ । नेपाली कांग्रेसको भातृ संस्था नेविसंघमा चरम विवाद भएको छ । 

अध्यक्ष नैनसिंह महरले आफुखुसी गरेको भन्दै महामन्त्री कुन्दन काफ्ले सहित अन्य पदाधिकारीहरुले चर्को विरोध जनाएका छन् ।

आफ्नो समुहसँग निकट रहेका तीन केन्द्रीय सदस्य पनि एकलौटी मनोनित गरेको आरोप खेप्दै आएका महरले शनिबार आफ्नै प्यानलबाट सहमहामन्त्री उठेर पराजित महेश्वरी कुँवरलाई सोही पदमा मनोनयन गरेपछि नेविसंघको विवाद छताछुल्ल भएको हो ।

महामन्त्री कुन्दन काफ्लेले अध्यक्ष महरलाई संगठनको विधि र विधान आफूले सिकाउने अवस्था आएको भन्दै निर्णय नसच्याए परिणाम खराब आउने चेतावनी दिएका छन् ।

पार्टीको कार्यक्रममा पाँचथरमा रहेका उनले नेपालआजसँग भने “नेविसंघको विधि र विधानका बारेमा अध्यक्षलाई सम्झाउनु पर्ने दुःखद दिनको कल्पना गरेको थिईन ,”काफ्लेले असन्तुष्टि जनाउँदै भने,“ स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन म लगायतका थुप्रै साथी देश दौडाहामा रहँदा अध्यक्षले विधि र विधान विपरित एकल निर्णयका भरमा संघको पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गर्न तल्लिन रहेको बताए । विधान विपरित गरिएका मनोनयनको निर्णय तत्काल फिर्ता नलिए संगठन सीमित स्वार्थ समूहको चंगुलबाट जोगाउन कठोर निर्णय लिन बाध्य हुनेछु ।

चुनावको मुखमा यसले कुनैपनि असर त नदेखिने तर यो दिर्घकालिनका लागि खतरनाक रहेको समेत बताए ।

विशेष