राजनीति

उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिए - राजपा नेता मनिष सुमन

उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिए - राजपा नेता मनिष सुमन

असार - ५ । राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्षउपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भागलिएको आरोप लगाएका हुन् । उनले भने,‘उपेन्द्र यादवल मधेशीजनतालाई धोका दिएका छन्, उनले सरकारसँग मोटो रकमबुझेका छन्, त्यो प्रमाण म सँग छ, पर्यो भने देखाउन सक्छु।’ नेता सुमनले निर्वाचनलाई आफूहरुले सशक्तबहिष्कार गर्ने रणनीति लिएको बताए ।

साक्षात्कारमा बोल्दै नेता सुमनले शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्दापनि सरकारले आफ्ना कार्यकर्ताहरुमाथि ज्यादती, दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने,‘शान्तिपूर्ण रुपमा चुनावबहिष्कार गर्न पाउने हाम्रो अधिकार हो, तर यहाँ राज्यले दमन गरेको छ, यसरी गरेको चुनावले के निकास दिन्छ, जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नको लागि जबरजस्ती ढप्पा लगाउने काममात्रै हो।’ उनले पटक पटक आफूहरु निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे ।

उनले अहिले भैरहेको निर्वाचनलाई निर्वाचनको संज्ञा दिन नमिल्ने समेत जिकिर गरे । उनले उम्मेद्धवारी दर्ताको दिन आफूहरुले हिजो टोल–टोलमा विरोध प्रर्दशन गरेको र कालो झण्डा देखाएको तर राज्यले बन्दुकको भरमा आतंक मच्याएको आरोप लगाए । उनले मधेशका जनता शान्तिपूर्ण तवरले विरोधमा उत्रिँदा बन्दुकको आडमा बलजफ्ती गरेको गुनासो पोखे ।

उनले संविधान बलजफ्ती जारी गरेको र जारी गरेकै दिनदेखि आफूहरुले त्यसको विरोध गरेको जनाउँदै आफ्ना माँगहरु संविधानमा लिखत रुपमा स्थापित गर्नको लागि अहिले माँग्नेहरुको नाम महन्थ ठाकुर र राजेन्द्र महतो रहेको स्पष्ट पारे ।

उनले आफूहरुले स्थानीयतहको संख्या जनसंख्याको आधारमा बढाउनुपर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनुपर्ने कुरा राख्दै आएको तर सरकारले अहिलेसम्मयसबारेमाकुनै सुनुवाई नगरेको समेत गुनासो पोखे । उनले भने,‘वार्ता तथा सम्वादको नाममाहामीलाई अल्झ्याउनको लागि धेरै प्रयत्नभए, तर हामीयसमाअल्झियनौं।’ उपेन्द्र यादव र विजयकुमार गच्छदारले मधेशीजनतालाई धोकादिएको आरोप लगाए ।

उनले हिजो भएको उम्मेद्ववारी मनोनयनमा राजपा नेपालका नेतातथाकार्यकर्ताहरुले स्वतन्त्र रुपमामनोनयनदर्ता गराएको भन्ने कुरा बाहिर आएकोबारे प्रतिक्रियादिँदै भने,‘तीनीहरुलाई कारवाही हुन्छ, पार्टीको नीतिविपरित उभिनेहरुलाई हामीकारवाही गर्छौं।’

त्यस्तै उनले राजपा छोडेर अन्य पार्टीमाप्रवेश गरेको विषयमा टिप्प्णी गर्र्दै भने,‘यसले केही असर पार्दैन्, राजपा छोड्नेहरुलाई के भन्ने रु छोडेर जाने गैसक्ये।’ उनले एकाधदुईले पार्टी छोड्दैमा केही फरक नपर्ने बताउँदै भने,‘अलबिदा, आन्दोलनगर्न नसकेर, डराएर जानेहरु, भागेर जानेहरुलाई केहीभन्न सकिँदैन्, जाने गए।’

असार १४ गते हुने निर्वाचनको दिनआफूहरु भजन, कृतन गरेर नबस्ने समेत उनले जानकारी दिए । उनले भने,‘निर्वाचन भैरहँदाहामी कृतन गरेर बस्दैनौं, हामीविथोल्छौं।’ सुमनले निर्वाचनको दिनआफूहरुले एमाले, कांग्रेस र नेकपामाओवादी केन्द्रको विरोधमाजतिप्रर्दशनगर्ने हो त्यतिकै मात्रामाफोरम नेपाल र लोकतान्त्रिकफोरमको विरुद्धमा विरोध गर्ने बताए ।

विशेष