राजनीति

तेह्रथुममा दलित महिला सदस्य निर्विरोध

तेह्रथुममा दलित महिला सदस्य निर्विरोध

 

असार - ५ । मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली काँग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शङ्कर निर्विरोध भएकी छन् ।

आइतबार मनोनयनका क्रममा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले जानकारी दिए ।

सो वडामा एकमात्रै दलित परिवारको बसोबास रहेको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडामध्ये बाँकी ४२ वडामा ११६ जना दलित महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

विशेष