राजनीति

तेस्रो लिङ्गीबाट प्रमुख पदमा उम्मेदवारी

तेस्रो लिङ्गीबाट प्रमुख पदमा उम्मेदवारी

 

असार- ५ । स्थानीय तहको निर्वाचनमा तेस्रो लिङ्गी समुदायबाट एक जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । रामग्राम नगरपालिका प्रमुखमा तेस्रो लिङ्गी गीता शैथवार उम्मेदवार बनेका हुन् ।

एकाउन्न वर्षीया शैथवार नेकपा(माले), मधेस तराई फोरम र नेपाल परिवारको संयुक्त गठबन्धनको साझा उम्मेदवार बनेका हुन् । कानुनी रुपमा शैथवार मालेका तर्फबाट चुनावी चिह्न हँसिया र तारा लिएर चुनावी मैदानमा छन्।

तेस्रो लिङ्गी भए पनि उनले वैवाहिक जीवनमा बाँधिएर महिलाका रुपमा नागरिकता पाएका छन्। उपप्रमुखमा ६७ वर्षीया केबल कोइरी पनि उम्मेदवार बनेका छन् । 

विशेष