कला साहित्य

गजल 

गजल 
यार कसैको बिश्वास नगरे अनुहार हेरेर।
तिम्रै खिलाफ हुनसक्छ भरे अनुहार हेरेर।
 
यौवन र रुप हावी भएपछि मन मस्तिष्कमा
कैयौं मान्छेहरु प्यारमा परे अनुहार हेरेर। 
 
आँखामा नानी झैँ सजाएकाहरुले पनि आज।
पलभरमैँ यसरी सम्बन्ध बिगारे अनुहार हेरेर।
 
मैसम जस्तै बदलिने स्वभावका मान्छेहरु।
मनमा पसेर आँसु भैं झरे अनुहार हेरेर। 
 
त्यत्ती खराब मान्छे हुँदै होईन यो माधब। 
यहाँ त गलत प्रचार गरे अनुहार हेरेर। 
 
माधब पौडेल 
बाँसगढी नगरपालिका ५ बर्दिया 
हाल:- दोहा कतार

विशेष