विचित्र विश्व

उडिरहेको जहाजमा यात्रु ककपिटमा छिर्न खोजेपछि...

उडिरहेको जहाजमा यात्रु ककपिटमा छिर्न खोजेपछि...


जेष्ठ १८ । एक यात्री ककपिटमा छिर्न खोजेपछि मलेसियन एयरलाइन्सको विमान मेलबर्न एयरपोर्टमै फर्किएको छ ।

एमएच–१२८ नम्बरको उक्त विमान क्वालालम्पुरका लागि उडेको थियो । तर एक यात्री ककपिटमा छिर्न खोजेपछि चालकले विमानलाई पुन मेलबर्न विमानस्थलमै फर्काएका थिए ।

विमान सुरक्षित अवतरण गरेको र सुरक्षा सहायताका लागि आग्रह गरिएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।

मलेसियाका यातायात मन्त्रीले पनि विमान सुरक्षित रूपमा मेलबर्न फर्किएको पुष्टि गरेका छन् । ककपिटका छिर्न खोज्ने उक्त व्यक्तिका बारेमा एयरलाइन्सले केही बताएको छैन ।

विशेष