यिनले जस्तो लाज पचाएर त के जागिर खानु ?
असार– ५ । प्रधानमन्त्रीले राजीनामा दिनासाथ महान्यायधिवक्ताले राजीनामा दिने प्रचलन रहिआएको छ । तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएको २५ दिन बितिसक्दा पनि महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिएका छैनन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएको १२ दिन बितिसक्दा पनि उनले राजीनामा दिएका छ्रैनन् । माओवादी केन्द्रका प्रधानमन्त्रीले नियुक्त गरेका महान्यायधीवक्ता कांग्रेसका प्रधानमन्त्री देउवाका पनि महान्यायधीवक्ताका रुपमा कार्यरत छन् । माओवादी र कांग्रेस फरक शिद्धान्त बोकेका पार्टी हुन् ।
–साँघु साप्ताहिकबाट