राजनीति भिडियो

‘सिके राउतको आवाजलाई तुरुन्तै निमोठ्नु पर्छ’ (भिडियोसहित)

एमालेकी राधा ज्ञवालीले कुलमानलाई रोकेकी हुन्

‘सिके राउतको आवाजलाई तुरुन्तै निमोठ्नु पर्छ’ (भिडियोसहित)

पुण्य गौतम, पोलिटब्यूरो सदस्य, नेकपा (माले)

नेपालको इतिहासमा नेकपा माओवादी केन्द्र नेतृत्वको अघिल्लो सरकार एक नटवरलाल सरकार थियो । जसले राष्ट्रियता, जनजीवीका, स्वाधीनताको पक्षमा काम गर्न चाहेन । तर विद्युत प्राधिकरणमा कुलमान घिसिङले जे जे सुधार गरे त्यसको सबै क्रेडिट लिने काम प्रचण्ड सरकारले गर्यो ।

प्रचारमा रमाउँदा रमाउँदै प्रचण्डले काठमाडौ–निजगढ दू््रतमार्गको दोस्रो पटक शिलान्यास गर्न पुगे । यो भन्दा लाजमर्दो अरु के होला ? एउटा प्रधानमन्त्रीले शिलान्यास गरेकोमा फेरि शिलान्यास गर्ने, अघिल्ला सरकारहरुले नै चीनको वान बेल्ट वान रोड प्रोजेक्टमा सहमति जनाइसकेपछि त्यसमा हस्ताक्षर गर्ने अनि अरु कसैले गर्न नसकेको काम आफूले गरेको भनेर प्रचार गर्न प्रचण्ड सरकार उद्दत भयो । हनुमानले लंका जलाइ सकेपछि जसरी अरु बाँदरहरु पगरी गुथ्न लाइन लागे ठीक त्यसै गरी अहिले अरुले गरेको कामको जस लिन प्रचण्ड अगाडि सरेको देखियो ।

फास्ट ट्रयाक त भारतको विवादीत कम्पनीलाई अर्बौ नोक्सान हुने गरी दिने कुरा थियो । जनताको चौतर्फी विरोध भएपछि आफै बनाउने भनेको हो । केपी ओली सरकारले नै त्यस्तो निर्णय लिइसकेको थियो । त्यो निर्णयबाट पछि हट्ने कुनै बाटो नै थिएन । बाध्यतामा परेर प्रचण्डले नेपाली सेनालाई निर्माण गर्न दिने निर्णय गरेका हुन् ।

चीनका राष्ट्रपति सि जिन पिङ नेपाल भ्रमणमा आउने र अर्बौ रुपैयाँ नेपालमा लगानी गर्ने तयारी थियो । तर जब जब प्रचण्ड सरकारमा गए तब उनले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने कुनै वातावरण नै बनाएनन् । प्रचण्डले यस्तो काम पनि विदेशीकै इशारामा गरेका हुन् ।
अहिले आर्थिक वृद्धिदर यति पुग्यो उति पुग्यो भनेर प्रचण्ड सरकारका मान्छे, माओवादीका मान्छेहरुले घिरौला जत्रो नाक बनाएका छन् । प्रचण्ड त्यो बेलामा प्रधानमन्त्री भएका थिए जुन बेला केपी ओलीले मधेसको आन्दोलनलाई किनारामा लगाइसकेका थिए, नाकाबन्दी थिएन । अन्य हडताल थिएन । वर्षात राम्रो भएर बालीनाली फस्टाएको थियो । यस्तो बेलामा प्रचण्ड होइन चण्ड मुण्ड जो प्रधानमन्त्री भए पनि आर्थिक वृद्धिदर माथि पुग्थ्यो । आर्थिक वृद्धिदर बढाउने सबै आधारहरु त केपी–सिपी (केपी ओली–सिपी मैनाली)सरकारले बनाएको थियो । पृथ्वी घुम्ने कुमार, शिव पार्वतीको परिक्रमा गरेर वरदान पाउने गणेश जस्तो भएको हो । काम ओलीले गरे, वरदान प्रचण्डले पाए । भएको त्यति हो ।

कुलमानलाई माओवादीले विद्युत प्राधिकरणमा ल्याएर लोडसेडिङ अन्त्य भएको भन्दै भयंकर ठूलो प्रचार गरिएको छ । कुलमान घिसिङले गरेको राम्रो कामको प्रशसा हामी पनि गर्छौ । तर माओवादीले त कुलमान घिसिङ आफूले दाइजोमा पाएको झै गर्न थालेको छ । उसले कुलमानलाई काठमाडौंको मेयरमा उठाउन भगिरथ प्रयास गर्यो । सकेन । ठूला मिडियाले उनलाई सिध्याउन दूष्प्रचार गरे । सकेनन ।
राधा ज्ञवालीले त कुलमानलाई काम गर्नबाटै रोकिन् ।

नेकपा माले अहिले प्रतिपक्षमा छ । प्रतिपक्षमै रहन्छ । नेकपा माले भन्ने पार्टी कहिले पनि देश र जनतालाई धोका दिएर सरकारमा जाँदैन । जाने योजना पनि छैन ।

मान्छेहरुले भन्छन् कि भारतको विरोध गरेर मात्रै हामीलाई पुग्छ ? निश्चित रुपमा हामी किन भारतको विरोध मात्रै गर्ने ? विरोध नगर्नुको मतलव भारतको पाउमा ‘त्वं शरणम्’ गर्न पनि सक्दैनौं । हामी भूपरिवेष्ठित भए पनि केपी ओलीको पालामा चीनसँग पारवहन सम्झौता भइसकेको छ । ओविओआरमा नेपालले सहमति जनाइसकेको छ । हाम्रो पहुँच समुद्रसम्म हुनेवाला छ । हामी संसारसँग जोडिएका छौं ।

सिके राउत

नेपाललाई विखण्डन गर्न परिचालित गोटी हो सिके राउत । उसलाई नेपालको संसदमा प्रवेश गराउने, मिडियामा चर्चा दिलाउने एजेन्टहरु छन् । सिके राउत समस्या होइन । तु समाधान हुन सक्छ, राज्यले चाहेमा । सिके राउतको कुनै जनाधार पनि छैन । राजनीतिमा प्रभाव पनि छैन । उसलाई नजर अन्दाज पनि गर्नु हुँदैन । कानुनअनुशार कारबाही गर्नु पर्छ । सिकेको आवाजलाई तुरुन्तै निमोठ्नु पर्छ ।

विशेष