राजनीति

देशभर विकासको लहर अगाडि बढाइने छ – ओली

देशभर विकासको लहर अगाडि बढाइने छ – ओली

 

असार - ६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट भाग्न खोज्नेलाई आफूहरुले निर्वाचनको मैदानमा ल्याएर सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याई संविधान कार्यान्वयन गराइछाड्ने बताएका छन् ।

अध्यक्ष ओलीले उर्लाबारीसँगै जोडिएको दमकस्थित कृष्णमन्दिरमा आयोजित कोणसभामा एमालेले जनताको भारी अभिमत पाएर दमक, झापाका साथै देशभर विकास निर्माणको लहर अगाडि बढाउने योजना बनाइरहेको जानकारी दिए ।

नेता ओलीले विपक्षी दलको गठबन्धनका बाबजुद पार्टीले पहिलो चरणमा तीन प्रदेशमा ४५ प्रतिशत मत ल्याएकामा १ नं प्रदेशमा ६५ प्रतिशत मत हासिल गर्ने दाबी गरे । कार्यक्रममा एमाले नेता अग्नि खरेल, काठमाडाैँ महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितलगायतले देशलाई समृद्ध बनाउने योजनामा एमालेको जित आवश्यक रहेको जिकिर गरे । 

विशेष