अगष्ट १५ मा भारत जाने प्रधानमन्त्री देउवाको इच्छा
असार ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन अगस्ट १५, स्वतन्त्रता दिवसका अवसर मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् ।
देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाव भारतलाई दिएको छ ।
भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिको रुपमा डाक्ने गरेको छ । भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो ।
नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाव नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेशमन्त्रालयलाई दिएको छ ।
नयाँ पत्रिका