विचित्र विश्व

चन्द्रमामा आलु फलाइँने !

चन्द्रमामा आलु फलाइँने !


असार ७ । चिनियाँ वैज्ञानिकहरुले अब चन्द्रमामा आलु फलाउने भएका छन् ।

आगामि वर्ष सन् २०१८ मा चन्द्रमामा जान तयारी गरीरहेको ‘लुनर मिशन’ अन्तर्गत ‘चेन्ज्स्–४’ नाम दिइएको वैज्ञानिकहरुको टोलिले चन्द्रमामा पुगेर सर्वप्रथम आलु फलाउने कोशिस गर्ने बीबीसीले उल्लेख गरेको छ ।

चाइना रेडियो इन्टरनेशनलका अनुसार चिनियाँ वैज्ञानिकहरुले निर्माण गरेको एउटा सानो इकोसिस्टमसहितको भाँडोमा आलु रोपिने छ । चोंगक्वीन विश्वबिद्यालयका प्रा.सि जेंगसिन्का अनुसार वैज्ञानिकहरुले रेशमकिराको लार्भा राखिएको उक्त भाँडोलाई प्राकृतिक स्याटेलाइटको सहायताले पृथ्वीको सतहमा जसरी आलु फलाउने कोशिस गर्नेछन् ।

सिआरआईका अनुसार वैज्ञानिकहरुले चन्द्रमामा उक्त रेशम किराको सहायताले आलु फलाउन सफल भएमा भविष्यमा चन्द्रमामा मानवबस्ती निर्माणको लागि नयाँ मार्ग हुनेछ ।

चिनियाँ वैज्ञानिकहरुले यस कार्यक्रमलाई एकदमै महत्वाकांक्षी कदम बताएपनि यसवारे सबै सुचना बाहिर ल्याउन नचाहेको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विशेष