राजनीति

नवलपरासीमा घरदैलो अभियान तिब्र

रबिन्द्र यादव

नवलपरासीमा घरदैलो अभियान तिब्र

असार - ७ । स्थानिय तहको चुनाव मिति नजिकिदै जाँदा यतिबेला उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त भएका छन् । सुनवलमा कांग्रेसको मेयरका उम्मेदवार भिम बहादुर थापा (भरत थापा) आज १ नम्बर वडामा घरदैलो कार्यक्रम गरेका छन् । यतिबेला सुनवलमा चुनावी प्रचार प्रसार एवं घरदैलोका होडबाजी चलिरहदा उम्मेदवार थापाले सयाैँ कार्यक्रर्ताको साथमा पार्टीको झणड, चुनाव चिन्ह भएको टिसर्ट, रुमाल, टोपी स्टिकर र बाजागाजाका साथ घरदैलो अभियामा भिडी मत माग्दै आएका छन् । उम्मेदवारहरु थापा आफनो विकासका एजेण्डाहरु लिएर जनताको माझ पुगीरहेका छन् । करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानिय तहको निर्वाचनमा विकासको कार्य शुन्य र जनताले निकै सास्ती भोग्नु परेको पिडा दर्शाउदै उम्मेदवार थापाले अब कांग्रेसलाई पालो दिनुहोस ५ वर्षमै विकास गछुँ भन्दै थापाले जनतालाइ विस्वस्त पार्नु भएको छ

मेयरका उम्मेदवार थापाले नगरपालिकामा निर्वाचति भएपछि आफनो तलबभत्ता सामाजिक काममा लगाउने उद्दघोष गर्दै सुनवल नगरलाइ स्मार्ट सिटी बनाउने लक्ष्य लिएको बताए । घरदैलो पश्चात एक कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार थापाले भने, सुनवललाई सुविधा सम्पन्न नगर बनाउन मेरो पहिलो एजेडा हो । नगरमा विकास निर्माण, शिक्षा, स्वास्थय, खानेपानी, सिंचाई, कृषि, पर्यटन, गरिबी निवारण, लैंगिक समानता लगायतका एजेण्डालाई पनि अगाडी सारेको थापाले बताए ।

थापाले भने, म निर्वाचित भएपछि एक घर एक रोजगार सृजना गर्नेछुँ । महिलाहरुलाई विशेष ध्यानमा राखी महिलाहरुलाई आर्थिक रुपमा समृद्ध महिलाको हरुको समहु गठन गरि लघु उद्यमको विकास गर्नेछुँ । थापाका यस्ता लोकप्रिया एजेण्डाले सुनवलमा चुनावी लहर थापा तिरै लम्केको पाइएको छ । यतिेबला सुनवलमा थापा बलियो उम्मेदवारको रुपमा लिइएका छन् ।

त्यसैबिच रामग्राम नगरपालिकामा पनि कांग्रेसको मेयरका उम्मेदवार नरेन्द्र कुमार गुप्ताले आज वडा नंं ७, ८ र १३ मा घरदैलो कार्यक्रम गरेका छन् । उम्मेदवरा गुप्ताले आफनो लोकप्रिय विकास एजेण्डा लिएर यतिबेला घरदैलोमा पुगी जनता संग मत माग्ने काम व्यस्त भएका छन् । रामग्रामग्राम नगरपालिका पर्यटनले भरिपुर्ण क्षेत्र रहेको हुँदा यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उनको प्रमुख एजेण्डा रहेको बताएका छन् ।

घरदैलो कार्यक्रममा मेयर उम्मेदवार नरेन्द्र गुप्ता र उपमेयर उम्मेदवार रम्भा कुँवरले जनतालाई आफनो एजेण्डाले प्रभावित बनाउदै मत माग्ने र मत हाल्ने तरिका समेत सिकाई घरदैलो गर्दै आएका छन् । रामग्राममा निकै लोकप्रिय रहेका यि उम्मेदवारलाई यहाँका मतदाताहरुले आफनो मतले बिजयी गराउने आश्वासन समेत दिएका छन् । उम्मेदवार गुप्ताले रामग्राम नगरलाई स्मार्ट सिटी बनाउने देखि यहाँका कृषि, पर्यटन, सिँचाई, शिक्षा, स्वास्थय, रोजगारी, लगायतका समस्या सामाधान गरि सुन्दर र हराभरा नगर बनाउने महत्वकान्छी योजना बोकेका छन् ।

त्यसैबिच नयाँ शक्ति नेपाल, फोरम नेपाल र लोकतान्त्रिक फोरम गठबन्धनका उम्मेदवार अमिरुल्लाह मिँयाले पनि आज १३ नंं वडामा घरदैलो कार्यक्रम गरेका छन् । उम्मेदवार अमिरुल्लाह मिँया विभिन्न सय कार्यकर्ताहरुका साथ आफनो लोकप्रिया एजेण्डा लिएर जनताको घरदैलो पुगेका थिए । उम्मेदवार मिँयाले रामग्राम नगरलाई हराभरा, शिक्षित, सुरक्षित र समुन्त नगर बनाउन मलाई एक पटक अवर दिने मतदाताहरु संग मत माग्दै आग्रह गरे । युवा पुस्तालाई अवसर दिनुहोस तपाईको नगरको समग्र आर्थिक तथा सामाजिक र भौतिक विकास हाम्रो दायित्व रहने जनतालाई विस्वस्त पार्दै उम्मेदवार मिँयाले यसनगरलाई नमुना नगरको रुपमा विकास गर्न मेरो पहिलो एजेडा रहने बताए । घरदैलोमा मतदाताहरु संग भोट माग्दै मत हाल्न सिकाउदै उम्मेदवार मिँयाले अबको विकासमा नयाँ शक्ति नेपालले नै भुमिका खेल्न सक्ने बताए ।

त्यस्तै रामग्राम नगरपालिको राप्रपाको मेयरका उम्मेदवार रामभवन यादवले पनि आज १२ नं. वडा सहित विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेका छन् । कृषकहरुको समस्या सामाधान गर्ने र नगरलाई सुन्दर नगरीको रुपमा विकास गर्न राप्रपा नै उचित पार्टीरहेको उम्मेदवार रामभवन यादवले दावी गर्दै घरदैलोमा आफुँलाई मत माग्ने गरेका छन् । रामग्राम लामो समयदेखि जनप्रतिनिधि विहिन रहेको बेला यहाँका जनताहरु धेरै समस्यामा परेका छन् अब जनताका ति सबै समस्या सामाधान गर्न मेरो उम्मेदवारी रहेको यादवले बताए । रामग्राामा कृषि, सिँचाई, पर्यटन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, र विभिन्न भौतिक पुर्वाधारका समस्याहरुलाई सामाधान गरि यस नगरलाई सुन्दर नगरी बनाउने मेरो चाहना रहेको उम्मेदवार यादवले बताए ।

त्यस्तै सुनवल नगरपालिकाको नेकपा एामले तर्फकि मेयरका उम्मेदवार बिमला अर्यालले पनि सुनवललाई स्मार्ट सिटी बनाउने लक्ष्य बोक्दै आज वडा नंं ६ बिशासयमा घरदैलो कार्यक्रम गरेकि छन् ।

विशेष