राजनीति

प्यूठानको ९ नम्बर वडामा नयाँ शक्तिबाट सबै महिला उम्मेदवार

प्यूठानको ९ नम्बर वडामा नयाँ शक्तिबाट सबै महिला उम्मेदवार

असार – ७ । नयाँ शक्ति पार्टी नेपाल प्यूठानले प्यूठान नगरपालिकाको ९ नम्बर वडामा सबै महिला उम्मेदवार उठाएको छ । अवसर पाए महिलाले राम्रो काम गर्छन् भन्ने उदाहरण बनेर देखाउनको लागि यस वडाका सबै पदमा महिलाको मात्र उठाएको अध्यक्ष पदका उम्मेदवार शारदा बिश्वकर्माले बताइन् । सबै खाले बिकृतिको अन्त्य गरी समृद्धि सहितको नमुना महिलामैत्री वडा बनाउने बिश्वकर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘प्युठानमा विभिन्न कालखण्डमा धेरै परिवर्तन भए तर, महिला,दलित,अल्पसंख्यक तथा उत्पीडित वर्गको अबस्था परिबर्तन हुन सकेन हामी सक्षम हुँदाहुँदै पनि हामीलाई अबसर बाट बञ्चित गरिएको छ ।’

असार १४ गते हुन लागेको दोस्रो स्थानीय तहको निर्वाचनमा महिला मतदाताले महिला उम्मेदवारलाई बिजय नगराएमा हाम्रो अबस्थामा कहिले पनि परिवर्तन हुन नसक्ने हुँदा यस वडालाई नमुना महिला मैत्री वडा बनाउन सम्पूर्ण महिलाहरुले साथ दिन बिश्वकर्माले अनुरोध समेत गरिन् । यस वडामा सदस्य पदका लागि इश्वरा घर्ति मगर, रिता सुनार, पुनम के.सी र सावित्रि के.सीले उम्मेदवारी दिएका छन् ।

विशेष