राजनीति

विप्लव नेतृत्वको नेकपाका जनपरिषद् प्रमुख पक्राउ

विप्लव नेतृत्वको नेकपाका जनपरिषद् प्रमुख पक्राउ

असार – ७ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जनपरिषद प्रमुख पक्राउ परेका छन् । निर्वाचनका बेला अस्वभाविक गतिविधि गरेको आरोपमा प्रहरीले ताप्लेजुङ जनपरिषद प्रमुख विजय कुमार फेम्वु लिम्बूलाई फक्ताङलुङ गाउँपालिका–५ तापेथोक हेल्लोकबाट पक्राउ गरेको हो ।

जनपरिषद् प्रमुख लिम्बुलार्इ पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ ल्याएको र थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख नायव उपरीक्षक रामबहादु केसीले जानकारी दिएका छन् ।

विप्लव समूहले ताप्लेजुङमा मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी विना कारण घरमा बसी रहेको अवस्थामा पक्राउ गरेको भन्दै घटनाको घोर भत्र्सना गरिएको छ । पक्राउ परेका आफ्ना जनपरिषद प्रमुख लिम्बुलाई तत्काल रिहाई गर्नसमेत माग गरेको छ ।

स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौतीलाई ख्याल गर्दै स्थानीय प्रसाशनले नेकपाका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिरहेको छ । ताप्लेजुङमा मेची ब्यूरो सदस्य राम चुँडाललाई एक महिना अघि गिरफ्तार गरेको थियो ।

विशेष