राजनीति

'एक नम्बर प्रदेशको राजधानी सप्तकोसी क्षेत्रमा'

'एक नम्बर प्रदेशको राजधानी सप्तकोसी क्षेत्रमा'

 

असार - ७ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक नम्बर प्रदेशको राजधानी उदयपुरको सप्तकोसी क्षेत्रमा बनाउने उद्घोष गर्नुभएको छ ।

उदयपुरको बेलका नगरपालिकास्थित रामपुर ठोक्सिला बजारमा आयोजना गरिएको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले एक नम्बर प्रदेशको राजधानी पूर्वको विराटनगर तथा इटहरीमा घनावस्ती र पर्याप्त जग्गाको अभावमा स्थापना गर्न नसकिने भन्दै एक नम्बर प्रदेशको राजधानी उदयपुरको तपेस्वरीस्थित कोसी किनार क्षेत्रमा स्थापना गर्न उपयुक्त हुने विचार व्यक्त गरे ।

कोसी क्षेत्रमा हजाराैँ हेक्टर जग्गा खाली रहेका कारण आफूले अन्य राजनीतिक दलसँग पनि छलफल गरेर पहल गरी अब एक नम्बर प्रदेशको राजधानी उदयपुरको कोसी क्षेत्रमै बनाउन पहल गरिसकेको उनले बताए ।

आफू प्रधानमन्त्री हुँदा स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न गराएर लिकबाट बाहिर जान लागेको राजनीतिक सङ्क्रमण काललाई सही ट्रयाकमा ल्याएको उनकाे भनाइ थियो । अब स्थानीय तहमा र प्रदेश तथा केन्द्रको चुनावमा समेत एक पटक जनतालाई माओवादी केन्द्रलाई बहुमतले विजय गराउन अनुरोध गर्दै उनले आफ्नो पार्टी बहुमतले विजय भए पाँच वर्षभित्र नेपाललाई आर्थिकरुपमा दक्षिण एसियाको समृद्ध राष्ट्र बनाउने दाबी गरे । 

विशेष