कमल थापाले केपी ओलीलाई भने, ‘एमालेले नाजायज काम गर्दै छ’
जेठ १९ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद अवरुद्ध गरेर नेकपा एमालेले नाजायज काम गरिरहेको बताएका छन् ।
शुक्रबार दिउँसो एमाले अध्यक्ष केपी ओलीलाई भेट्न सिंहदरबार पुगेका थापाले ओलीसँगको भेट पछि एमालेले संसद अवरुद्ध गर्नु जायज नभएको बताएका हुन् ।
शुक्रबार सिंहदरवारमा विपक्षी नौ दलको बैठक चलिरहेका बेला राप्रपा अध्यक्ष थापा एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका थिए । ओलीसँगको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले भरतपुर प्रकरणलाई जोडेर एमालेले संसद अवरुद्ध गर्नु कुनै हालतमा जायज नभएको बताए ।
भरतपुर प्रकरण र प्रधानमन्त्रीको निर्वाचन फरकफरक विषय भएकाले ति विषयलाई एकै ठाउमा राखेर बुझ्न नहुने उनको भनाइ थियो ।
थापाले भरतपुरको विवाद टुङग्याउने जिम्मेवारी निर्वाचन आयोगको भएकाले त्यसको निर्णय उसैले गर्नुपर्ने पनि बताए ।