राजनीति

‘एमालेसँग सहकार्य गर्नुपर्छ’ भन्नेको अब माओवादीमा हुनेछ पत्तासाफ

‘एमालेसँग सहकार्य गर्नुपर्छ’ भन्नेको अब माओवादीमा हुनेछ पत्तासाफ

असार–७ । देशमा नेकपा एमालेविरुद्धको मोर्चा कसिलो बनाउँदै लैजाने क्रममा माओवादी पार्टीभित्र पनि एमालेसँगको गठबन्धनलाई प्राथमिकता दिनुपर्छ भन्न नेताहरुलाई पाखा लगाउने ‘नियोजित अभियान’ सुरु भएको छ । प्रचण्डनिकट सूत्रका अनुसार विचार व्यवहारमा जो एमालेसँग निकट छन् र जसले कांग्रेसभन्दा एमालेसँग गठबन्धन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा राखेका छन् तिनलाई सकेसम्म मन्त्री बनाइने छैन, कदाचित मन्त्री बनाउनु परे पनि राम्रो मन्त्रालय दिइने छैन । पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्को सिफारिसमा गिरिराजमणि पोखे्रेललाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिइनुपर्छ भन्ने माग भइरहेको भए पनि प्रचण्ड पोख्रेललाई उक्त मन्त्रालय दिनु पर्छ भन्नेमा अहिलेसम्म छैनन् ।
भौतिक योजना नदिने अवस्थामा सहरी विकास भए पनि पोखरेललाई दिइनु उपत्तुक्त हुने गुरा उठ्यो । यरी पोखरेललाई सहरी विकास मन्त्री बनाउने दबाब पर्न थालेपछि प्रचण्डले प्रभु साहलाई सो मन्त्रालय सुम्पिदिएका छन् ।
–घटना र विचार साप्ताहिकबाट

विशेष