राजनीति

नवलपरासीबाट पूर्वराज्यमन्त्रीसहित ६ राजपाका कार्यकर्ता पक्राउ

नवलपरासीबाट पूर्वराज्यमन्त्रीसहित ६ राजपाका कार्यकर्ता पक्राउ

असार – ८ । चुनाव विरोधी गतिविधि गरेको अरोपमा नवलपरासीबाट पूर्व शिक्षाराज्यमन्त्रीसहित गोविन्द चौधरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहीबार दिउँसो पक्राउ परेका उनीहरु सबै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ता हुन् ।

पक्राउ पर्नेमा राजपाका कार्यकर्ता एवम् पूर्व शिक्षाराज्यमन्त्री चौधरी, जिल्ला संयोजक पुरन चौधरी, सदस्य ओमप्रकाश चौधरी, सदस्य विजय अग्रहरि, नवलपरासीका प्रवक्ता राधेरमण पाण्डे र सदस्य अभिमन्यु यादव रहेका छन् ।

जिपमा कालो झण्डा टांगेर माइकबाट चुनावको बहिष्कार गर्न तथा चुनावमा भाग नलिन आह्वान गर्दै गरेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

विशेष