राजनीति

तिनै तहको चुनावपछि मात्रै संविधान संशोधन गर्न सकिने–नेम्वाङ

तिनै तहको चुनावपछि मात्रै संविधान संशोधन गर्न सकिने–नेम्वाङ

असार ८ । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय,प्रदेश र केन्द्रको गरी तिनै तहको चुनाव सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् ।

पाँचथरको फिदिममा आज(बिहिबार) बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश नम्बर २ मा चुनावको मिति सार्दा पनि राजपा सरकारमा नआउने भएपछि सरकारले चुनाव सारेको कुनै अर्थ नभएको उनको भनाइ छ ।

मधेसको क्षेत्रमा मधेसी तथा जनजातिका असन्तुष्टिलाई एमालेले क्रमशः सम्बोधन गर्दै लैजाने उनले उल्लेख गरे । यसअघि भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो भएको र अब दोस्रो चरणको निर्वाचन र मधेसमा पनि पहिलो पार्टी एमाले बन्ने उनले दाबी गरे ।

अहिले पनि सरकारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने गरी गतिविधि गरिरहेकोप्रति आपत्ति जनाउँदै यसलाई तत्काल रोक्न माग गरे । 

nembang

विशेष