राजनीति

निर्वाचन पछि मुलुकलाई समृद्धितर्फ लैजानु पर्ने : खनाल

निर्वाचन पछि मुलुकलाई समृद्धितर्फ लैजानु पर्ने : खनाल


असार ९ । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताएका छन् ।

इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए ।

नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भए पनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गरे । “निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ”, नेता खनालले भने ।

लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि संविधान कार्यान्वयनको विकल्प नभएको जिकिर गर्दै एमालेले देश विकासको नयाँ एजेन्डा ल्याएको जानकारी दिए ।

विशेष