राजनीति

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछः प्रम

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछः  प्रम

 असार १० । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज(शनिबार) बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा ९एमाले०सहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिए । “मधेसीले केही माग राखेका छन् ।” प्रधानमन्त्री देउवाले भने, “दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन ।” संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उनले बताए ।

उनले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताउँदै भने, “अपर कर्णाली र पश्चिमसेती बन्ने भइसके । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउनेछु ।” महाकाली नदीको चार लेनको पुल निर्माण चाँडै सुरु हुने जानकारी गराए ।

नेपाली काँग्रेसले आयोजना गरिरहेका चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले आज कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने तथा कञ्चनपुरपछि उहाँ आज नै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम तय भएको छ ।

Sherbahadur Deuwa

विशेष