राजनीति

नवलपरासीमा चारजना सदस्य निर्विरोध निर्वाचित

नवलपरासीमा चारजना सदस्य निर्विरोध निर्वाचित

 

असार - १० । नवलपरासीको प्रतापपुर गाउँपालिकामा चारजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । प्रतापपुर गाउँपालिकाको वडा नं ६ बाट दुईजना खुला सदस्य, एक महिला सदस्य र एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत माधवप्रसाद ढुङ्गानाले बताए ।

मनोनयनका क्रमका नेपाली काँग्रेसका तर्फबाट मात्र उम्मेदवारी भएपछि चारजना सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा सदस्यमा नगिना राजलाल राजभर र राजेन्द्र तेली तथा महिला सदस्यमा साहिदुन नेसा र दलित महिला सदस्यको पदमा प्रभावती चमार निर्विरोध निर्वाचित भएको अधिकृत ढुङ्गानाले बताए ।

विशेष