राजनीति

काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, दुईजना घाइते

काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, दुईजना घाइते

 

बाजुरा, १० असार । बुढीगङ्गा नगरपालिका–३ मा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज झडप हुँदा दुईजना काँग्रेस कार्यकर्ता घाइते भएका छन् । चुनावी प्रचार प्रसारका क्रममा सेलारावाडामा झडप भएको हो ।

घाइते हुनेमा ४२ वर्षीया बसु सेराला र २० वर्षीय वीरेन्द्र रौले घाइते भएको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए ।

प्रचारप्रसारका क्रममा काँग्रेस र एमाले कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको थियो । घाइते सेरालाको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि अछामको बयलपाटा पठाइएको काँग्रेसका बुढीगङ्गा–३ का वडाध्यक्षका उम्मेदवार जयराज उपाध्यायले बताए ।

विशेष