राजनीति

अध्यक्ष थापाको प्रश्न, 'दुई दशकसम्म निर्वाचन हुन कसले दिएन ?

अध्यक्ष थापाको प्रश्न,  'दुई दशकसम्म निर्वाचन हुन कसले दिएन ?

 

असार - १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई दशकसम्म स्थानीय तहको निर्वाचन हुन नदिने पक्षलाई बुझेर मतदान गर्न आग्रह गरेका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा आज चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २० वर्षसम्म स्थानीय तहको निर्वाचन हुन प्रमुख दलले रोकेको आरोपसमेत लगाए । 'यति लामो समयसम्म चुनाव के राजाले रोकेको थियो र ?' उनले प्रश्न गर्दै भने – 'तपाईंहरु यो प्रश्न गरेर मत प्रयोग गर्नुस् ।' 

राष्ट्रिय प्रजातन्त्र पार्टीले समृद्ध र विकसित मुलुक बनाउन चाहेको बताउँदै थापाले आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा फरक पहिचान रहेको दाबी गरे । 'गाउँको विकासलाई पनि राप्रपाले उच्च प्राथमिकतामा राखेको छ ।' थापाले भने – 'हाम्रो पार्टी नै अबको उपयुक्त विकल्प हो ।'

राप्रपाले निर्वाचन जितेको नगर तथा गाउँपालिकामा सबै धर्मप्रति समान व्यवहार गर्नुका साथै लोभलालचमा धर्म परिवर्तन गराउने कार्य निस्तेज पार्ने जानकारी दिए ।

राप्रपाले निर्वाचन जितेको नगर र गाउँपालिकाको विकासका लागि विभिन्न योजनासहित प्रतिबद्धतापत्रसमेत मतदातामा पु¥याएको उनकाे भनाइ थियो । 'निर्वाचनमा हारजित दुवै हुन्छ ।' कार्यकर्तामाझ थापाले भन्नुभयो – 'हारे पनि शिर निहुराउनुपर्ने अवस्था छैन ।' 

विशेष