प्रधानमन्त्रीको भारत भ्रमणः हाजिर गर्न जाने जस्तो भएन र ?
असार–१० । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीस्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा नयाँदिल्ली प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्रीको भ्रमण तय गर्न दोस्रो चरणको स्थानीय तह निर्वाचनलगत्तै उनी सानो टिम लिइर भारत जाने परराष्ट्र उच्च स्रोतले बतायो ।
परराष्ट्र अधिकारीका अनुशार महरा असार २० मा जाने गरी तयारी अघि बढेको छ । तर यो तिथि औपचारिक रुपमा निश्चित भइसकेको छैन । महरा उपप्रधान तथा परराष्ट्र मन्त्री भएपछि उत्तरी चीन भ्रमणमा जान सक्ने आँकलन परराष्ट्र अधिकारीहरुको थियो । तर उनले भारतको भ्रमण गर्ने परम्परा कायम राख्ने भएका छन् ।
–कान्तिपुर दैनिकबाट