राजनीति

राजपा नेपालका कार्यकर्ता र नेता भोट माग्दै गाउँगाउँमा

राजपा नेपालका कार्यकर्ता र नेता भोट माग्दै गाउँगाउँमा

असार ११ । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनलगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइराख्न स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् ।
केन्द्रीय नेता तिनै स्थानीय तहमा पकड कायमै राख्न स्वतन्त्र उम्मेदवारका पक्षमा भाग माग्न घर दैलोमा पुगेका छन् । राजपा निर्वाचनमा भाग लिने भएपछि सुरक्षा चुनौती पनि हटेको सुरक्षा निकायको आँकलन छ ।
पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल यतिखेर स्वतन्त्र उम्मेदवारलाई जिताउन रुपेन्देहीको दक्षिणी सीमावर्ती मर्चवारमा व्यस्त छन् ।
–नागरिक दैनिकबाट

विशेष