एमालेका बागी उम्मेदवार निष्काशित
असार १२ । नेकपा (एमाले)ले स्थानीय तहको चुनावमा पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै सात कार्यकर्तालाई निष्काशन गरेको छ ।
एमाले जिल्ला निर्वाचन परिचालनको आज बसेको बैठकले अनुशासन उल्लङ्घन गरी विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलबाट उम्मेदवार बनेको आरोप लगाउँदै उनीहरुलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्काशन गरेको हो ।
पार्टीको कारबाहीमा परेकामा दमक–३ का तेजस्वी थेवे, बिर्तामोड–५ का देवराज तामाङ र भोला तामाङ, बिर्तामोड–८ का कृष्ण श्रेष्ठ र बिर्तामोड–४ का दीपक मिश्र छन् । हल्दीबारी–३ का टङ्क भट्टराई र हल्दीबारी–४ का राजकुमार राईलाई समेत एमालेले कारबाही गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले बताए ।