राजनीति

घोषणापत्र निर्माणको तयारीमा जुट्यो राजपा

घोषणापत्र निर्माणको तयारीमा जुट्यो राजपा

जेठ १९ । राष्ट्रिय जनता पार्टी राजपा दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ । राजपाले बिहीबार अपराह्न बिजुली बजरमा बैठक राख्दै निर्वाचन आयोगबाट मागिएको दल दर्तासम्बन्धी आवश्यक पार्टी घोषणापत्र र विधान टुंगो लगाउने तयारी गरेको हो ।

संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय संख्या मधेसमा जनसंख्याको अनुपातमा थपिनुपर्ने मागलाई बटमलाइन बनाउँदै आएको राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव सकार्ने देखिएको छ। यसअघि शुक्रबारसम्मलाई घोषित आन्दोलनलाई उसले बुधबारै स्थगन गरेको थियो ।

राजपा शीर्ष नेता महन्थ ठाकुरले आफ्ना न्यूनतम चासोबारे प्रस्ट पार्दै छुटेका सहिद घोषणा, आन्दोलनका घाइतेलाई प्रभावकारी उपचार, अंगभंग भएकाको उचित व्यवस्थापन र झुटा मुद्दामा गिरफ्तारको रिहाइ आफ्ना लागि चुनावमा सहभागिताको शर्त रहेको बताए ।

हामी अहिले कुनै लिखित वा बकपत्र दिन सक्ने अवस्थामा छैनौं। तर सरकारले न्यूनतम माग सम्बोधन गरे चुनावमा सहभागी हुनेबारे विचार गर्न सकिन्छ, ठाकुरेले भने, १५ र१६ जनालाई सहिद घोषणा गर्न बाँकी छ । अपाङ्गको व्यवस्थापन गर्छु भनेर सरकारले गरेको छैन ।

जब हामी जिल्ला जान्छौँ  मेरो छोरा डाँकाचोरी गरेर समातिएको होइन भन्दै परिवार रुन थाल्छन् ।

सहिदको परिवारको मुखले केही नभने पनि अनुहारबाटै बुझिहालिन्छ । सरकारले तत्कालै तिनका लागि गर्नुपर्ने काम छन् । सक्दो राहत देओस्, उपचार गरोस् । मधेसी दलले आफ्ना प्रतिबद्धता पालना गर्दै आए पनि सरकारले पालना नगर्दा समस्या भएको ठाकुरले बताए ।

कान्तिपुर

विशेष