रोजगार

निगममा पाइलट टिकाउने गाह्रो

निगममा पाइलट टिकाउने गाह्रो

जेठ १९ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम सानादेखि ठूला जहाज थप्ने तयारीमा छ, तर वरिष्ठ पाइलटले भने संस्था छाडिरहेका छन् ।

निजी क्षेत्रका विभिन्न आन्तरिक वायुसेवा कम्पनीमा पाइरहेको आकर्षक तलबभत्ता छाडेर निगममा जेट इन्जिनु जहाज उडाउन पाइने आसमा आएका चार पाइलटले राजीनामा दिएपछि उडान तालिकासमेत प्रभावित भएको छ ।

निगमका एक उच्चअधिकारीका अनुसार आन्तरिक उडान गर्ने १९ सिट क्षमतायुक्त ट्विनअटरु जहाजका वरिष्ठ क्याप्टेनद्वय अभिशेष राई र सुनिल जोशी तथा क्याप्टेनद्वय रोशन केसी र जीवनकुमार जेके निरौलाले राजीनामा दिएका हुन् ।

चारैजना क्याप्टेन निजी वायुसेवा तारा एयरबाट निगम आएका थिए र सबैको आशा ट्विनअटर जहाजबाट फड्को मार्दै जेट इन्जिन उडाउने थियो, ति अधिकारीले बिहीबार भने, तर, तीन वर्षसम्म पनि जेट उडाउन नपाएपछि उनीहरुले राजीनामा दिए ।

राजीनामा दिएका क्याप्टेनहरुसँग नजिक रहेका निगमका एक क्याप्टेनका अनुसार वरिष्ठ क्याप्टेन राई निजी वायुसेवा सौर्य एयरलाइन्समा जाने तयारी छन्। जोशी सौर्य एयरलाइन्समा गएर थप तालिमका लागि लिथुआनियामा छन् ।

नागरिक दैनिक

विशेष