अन्तरवार्ता भिडियो कुरा: खस्रा मिठा

नरेन्द्र मोदी सांस्कृतिक राष्ट्रवादी हुन्, उनलाई असफल बनाउन गोर्खाल्याण्डको आन्दोलन भएको हो (भिडियोसहित)

नरेन्द्र मोदी सांस्कृतिक राष्ट्रवादी हुन्, उनलाई असफल बनाउन गोर्खाल्याण्डको आन्दोलन भएको हो (भिडियोसहित)

–अरुणकुमार सुवेदी
भारतको विभिन्न क्षेत्रमा आ आफ्नै खालको आन्दोलन चलिरहेको छ । कश्मिरमा पृथकतावादी आन्दोलन, मध्येप्रदेशमा किसान आन्दोलन, गुजरातमा पटेल आन्दोलन, शान्त भएर बसेको आन्दोलनलाई ममत बेनर्जीले आगो सल्काइदिइन् ।

 

यो सबै प्रकरणको कारण भनेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई असफल पार्ने युरोपेली र अमेरिकीहरुको चालबाजी हो । म प्रशंग दिन्छु, जस्तो कतारमा अहिलेको आएको संकटको छनक एक दुई वर्ष अगाडि नै थियो । त्यसपछि भारत र इरान एक कित्तामा जान्छन् भन्ने अनुमान पनि थियो । अहिले त्यही भयो । भारतमा अत्यन्त लोकप्रिय नेता मोदी हुन् । उनी हिन्दु संस्कारका पृष्ठपोषक र अमेरिकाद्वारा नरुचाइएका व्यक्ति हुन् । तर भारतका जनताले उनलाई सदर गरिदिए ।

दी पश्चिमाले जे जे भन्छन् त्यो त्यो नमान्ने सांस्कृति राष्ट्रवादी नेता हुन् । उनलाई झुकाउनकालागि अमेरिकाले भारतको आन्तरिक राजनीतिमा किचलो गरिदिन्छ । मध्यपूर्वलाई प्रयोग गरिदिन्छ । नेपाललाई पनि उपयोग गर्छ । यो नयाँ कुरा होइन । पुरानै कुरा हो ।

 

पहिले पहिले भारतमा इस्लामिक बर्बरियन शासनमा झझिया कर अर्थात धर्मकर हिन्दूहरुले तिर्नु पथ्र्यो । अहिले अमेरिकाले त्यसै गरी कर लिन्छ । संसारसँग । कि अमेरिकालाई प्राकृतिक साधन दिनु पर्छ, कि ठाउँ दिनु पर्छ कि उसको सामान किनेर उसलाई पैशा बुझाउनु पर्छ ।जहाँसम्म गोर्खाल्याण्डको आन्दोलन छ, यसमा ममत बेनर्जीको हठ र अर्कोतिर मोदीलाई कर्नरमा पार्ने खेल भएको छ । मोदीलाई अप्ठ्यारो पार्न ममताले साउदी अरब र अमेरिकाको कठपुतली भएर गोर्खाहरुलाई चिढ्याएकी हुन् ।

 

हालै सेन्ट पिटर्सवर्गमा अन्तर्राष्ट्रिय इकोनोमिक फोरमको सम्मेलन भएको थियो । त्यो सम्मेलनमा एनविसी टिभीको मेगिन केलीले मोदी र भ्लादिमिर पुटिनलाई एकै ठाउँमा राखेर अन्तर्वार्ता लिएकी थिइन् । त्यहा पुटिनले मोदीलाई भारतको सम्प्रभूता पनि सिमित हुन सक्ने बताएका थिए । भारतको पनि सम्प्रभूता माथि कसेको खटन हुन सक्छ भनेका थिए ।

 

भनेपछि भारतजस्तो ठूलो देशलाई पनि अरु देशले दबाबमा राखेको हुँदो रहेछ भन्ने स्पष्ट भयो ।

 

जहाँसम्म गोर्खाल्याण्डको कुरा छ । त्यो सम्भव छ । नेपाली भाषा भनेको भारतको पनि राष्ट्रिय भाषा हो । हिन्दी मूल भाषा भयो । बाँकी मराठी, उर्दू, गुजराती जस्तै नेपाली भाषा पनि भारतको राष्ट्रिय भाषा हो । भारतमा धेरै नेपाली भाषी छन् । उनीहरुको माग र समर्थन गोर्खाल्याण्डमा छ । गोर्खाल्याण्ड सम्भव छ भन्ने यसबाट पनि देखिन्छ । जनसंख्या, सामथ्र्य, क्षेत्रफल आदिबारे त भारतले गर्ने कुरा हो ।

 

भारतमा गोर्खाल्याण्ड भयो भने नेपाली गोर्खालीको पहिचान गुम्ने कतिपयले आशंका गरेका छन् । तर एसियामा एउटा जर्जिया भन्ने देश छ । अमेरिकामा जर्जिया भन्ने राज्य छ । हैदरावाद भन्ने सहर पाकिस्तानमा पनि छ भारतमा पनि छ । यसले केही फरक पर्दैन । गोर्खामा त राइ लिम्बु नै थिएनन् । मगर र गुरुङ थिए । पछि राइलिम्ुबलाई पनि गोर्खा पछि भनियो । गोर्खा भन्ने कुनै जात होइन । किनभने गोर्खाका राजा नै ठकुरी थिए । उनका पुरेत अर्यालहरु थिए । गोर्खामा सबै गोर्खाली हुन ् । पृथ्वीनारायण शाहका हतियार बनाउने मोहम्मद ताकी भन्ने थिए । अब मुसलमान पनि गोर्खाली नै भए ।

 

भारतमा गोर्खाल्याण्डको आन्दोलन चलिरहँदा कतिपय नेपालीहरुले भन्छन् कि बंगालीसँग नेपाली मिल्दैनन् भनेर पहिचानका आधारमा प्रदेश हुन्छ भन्नेहरु छन् । तर हामी आफै नेपालमा चाहिँ जातीय पहिचान हुन हँुदैन भन्ने गछौं । यस्तो डबल स्ट्याण्डर्ड छाड्नु पर्छ ।

कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष