राजनीति

निर्वाचन आयोगले एमाले अध्यक्ष ओलीसँग स्पष्टिकरण माग्यो

निर्वाचन आयोगले एमाले अध्यक्ष ओलीसँग स्पष्टिकरण माग्यो

असार – १४ । निर्वाचन आयोगले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टिकरण सोधेको छ । मौन अवधीमा पत्रकार सम्मेलन गरेको विषयमा आयोगल ओलीसहित प्रेस चौतारीलाई स्पष्टिकरण सोधेको हो ।

मौन अवधीमा अचारसंहिता विपरित प्रकार सम्मेन गरेको भन्दै आयोगले ओली र प्रेस चौतारीसँग स्पष्टिकरण माग गरेको हो । मौन अवधि सुरु भएपछि प्रेस चौतारीले सोमबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो पत्रकार सम्मेलनलाई एमाले अध्यक्ष ओलीले सम्बोधन गरेका थिए ।

आयोगको मंगलबार बसेको बैठकको निर्णय अनुसार अध्यक्ष ओली र कार्यक्रम आयोजक चौतारीलाई स्पष्टिकरण सोधिएको निर्वाचन आयोगले बताएको छ ।

विशेष