राजनीति

नगरप्रमुखका तीन उम्मेदवारद्वारा एकै केन्द्रबाट मतदान

नगरप्रमुखका तीन उम्मेदवारद्वारा एकै केन्द्रबाट मतदान

 

असार १४ । दोस्रो चरणअन्तर्गत बुधबार भएको स्थानीय तहको निर्वाचनमा तीनजना नगरप्रमुखका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गरेका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेपाली काँंग्रेस, नेकपा एमाले र नयाँ शक्ति नेपालबाट प्रमुख पदका उम्मेदवार क्रमशः कमलप्रसाद भुसाल, कृष्णप्रसाद श्रेष्ठ र यमुना भुसालले वडा नम्बर २ स्थित अर्घाखाँची शिक्षा क्याम्पस केन्द्रबाट मतदान गरेका हुन् ।

यसैगरी माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता रेवतीप्रसाद भुसालले सन्धिखर्क नगरपालिका वडा नम्बर ९ स्थित रासीचौर केन्द्रबाट मतदान गरे ।

विशेष