दोस्रो चरणको निर्वाचनमा मतदान सुरु
असार–१४ । प्रदेश नम्बर एक, पाँच र सात नम्बरमा स्थानीय तहको दोस्रो चरणको मतदान सुरु भएको छ । बिहान सात बजेदेखि सुरुभएको मतदात अपरान्ह पाँच बजेसम्म रहेको छ ।
निर्वाचनलाई वर्षातले भने प्रभावित पारिरहेको छ । केही मतदान केन्द्रहरुमा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ । कतिपय स्थानमा त्रिपाल टाँगेर पनि मतदान सुरु गरिएको छ ।
तीन प्रदेशका ३५ जिल्लाका स्थानीय तहहरुमा ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ४१ जना भने निर्विरोध निर्वाचित भइसकेका छन् । एक महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २१५ गाउँपालिकाका लागि मतदान भइरहेको छ । यो निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताको नाम छ ।