प्रदेश एकमा एमालेको फूर्ति पनि सकिने भयो
असार १५ । प्रदेश नम्बर एकमा एक नम्बर पार्टी बन्ने नेकपा एमालेको सपना समाप्त हुने दिशामा अगाडि बढेको छ । स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर एकमा नेपाली कांग्रेसले एमालेलाई पछाडि पारेको छ . प्राप्त जानकारीअनुशार नेपाली कांग्रेस १७ स्थानमा अगाडि छ भने नेककपा एमाले १० स्थान र नेकपा माओवादी केन्द्र पाँच स्थानमा अगाडि छ ।
एक नम्बर प्रदेशमा अन्य राजनीतिक दलहरु कसैले पनि अग्रता लिन सकेका छैनन् ।