प्रदेश पाँचमा एमालेको कन्तविजोग, मधेस केन्द्रीत दलको देखियो शक्ति
असार १५ । प्रदेश नम्बर पाँचमा नेकपा एमालेको स्थिति धरमर देखिएको छ । अग्रताको हिसाबले नेपाली कांग्रेसले १७ स्थानमा नेतृत्व गरिरहेको छ । नेकपा एमालेले भने १० स्थानमा मात्रै अग्रता लिएको छ । एक नम्बर पार्टी बन्ने दौडमा रहेको नेकपा एमालेलाई माओवादीले नै टक्कर दिन खोजिरहेकोछ । प्रदेश पाँचमा माओवादी केन्द्र आठ स्थानमा अगाडि छ भने अन्य राजनीतिक दलहरु पनि ८ स्थानमा अगाडि छन् ।
यस हिसाबले एमालेलाई प्रदेश पाँच फलदायी नहुने संकेत देखिएको छ ।