राजनीति

उदयपुरको ताप्ली गाउँपालिका १ र २ मा एमालेको प्यानललै विजयी

उदयपुरको ताप्ली गाउँपालिका १ र २ मा एमालेको प्यानललै विजयी

असार - १५ । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएकाे छ । दुबै वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडा न १ मा एमालेका गोविन्द विक्रम सेन र २ मा एमालेकै धर्मराज राईको प्यानल विजयी भएको हुन् । 

गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । अध्यक्ष स्वतन्त्र पदम तामाङ २७५ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन भने एमालेका उद्धबसिंह थापाले १९२ मतका साथै पछ्याइरहेका छन् । त्यस्तै, कांग्रेस डिकवहादुर ठकुरी १३६ मत प्राप्त गरेका छन् भने माओवादी डुंगराज विष्ट १०४ मत गरेका छन् ।

विशेष