राजनीति

टीकापुरमा लोकतान्त्रिक फोरमलाई पछ्याउँदै एमाले

टीकापुरमा लोकतान्त्रिक फोरमलाई पछ्याउँदै एमाले

असार – १५ । कैलालीको टीकापुर नगरपालिकामा मेयर र उपमेयरमा नेपाल लोकतान्त्रिक फोरमले सुरुवातबाटै लिएको अग्रता कायमै राखेको छ । 

१६०० मतगणनामा फोरमका मेयर उम्मेदवार लौटन चौधरीले ५९८ मत ल्याएका छन् भने उपमेयरका उम्मेदवार शुदेशनी चौधरीले ५८१ मत पाएकी छन् ।
नेकपा एमालेका तपेन्द्र रावलले ३२२ मत ल्याएका छन् भने उपमेयरमा कमला केसीले २८८ मत ल्याएर फोरमका उम्मेदवारलाई पछ्याइरहेको छन् ।

त्यस्तै नेपाली कांग्रेस तेस्रो स्थानमा छ । कांग्रेसका मेयर उम्मेदवार जंगबहादुर साउदले ३०८ मत ल्याएका छन् भने उपमेयर केशरी विष्ट रावलले ३६१ मत ल्याएकी छन् ।

विशेष