धनगढीमा काँग्रेसको अग्रता, एमाले पछ्याउँदै
असार १५ । प्रदेश नं ७ कोे एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
अपराह्नसम्म ५०० मत गणना हुँदा प्रमुखमा काँगे्रसका नृप वडले १८६ मत पाएका छन्। उपप्रमुखमा काँग्रेसका सुशीला मिश्र भट्टले २१० मतका साथ अग्रता हासिल गरेका छन् ।
प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १५५ र नेकपा (एमाले) का दुर्गा जोशीले ४१ ल्याएका छन् । उपप्रमुखमा एमालेका रुक्मीणि देवकोटाले हालसम्म ८३ मत पाएका छन् ।
नेकपा (माओवादी केन्द्र)का प्रमुखका प्रत्यासी रामसमझ राना थारुले ३१ र उपप्रमुख शान्ति अधिकारी क्षेत्रीले ६३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत धनसिं महराले बताए ।
बुधबार भएको स्थानीय तहको निर्वाचनको अपराह्नसम्म प्राप्त मतपरिणामअनुसार, कैलालीको धनगढी उपमहानगर र गोदावरी नगरपालिकामा काँग्रेस, टीकापुर नगर, भजनी नगर, जोशीपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम, चुरे गापामा एमाले, घोडाघोडी नगरपालिका, बर्दगोरिया गापा, कैलारी गापामा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ ।
भौगोलिक विकटताका कारण मतपेटिक मतगणनास्थलसम्म पु¥याउन समय लाग्ने भएकाले जिल्लाको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकाको मत गणना भने सुरु हुनसकेको छैन ।