राजनीति

दुई वडामा काँग्रेसको प्यानल विजयी

दुई वडामा काँग्रेसको प्यानल विजयी

 

असार - १५ । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं १ र गन्यापधुरा गाउँपालिकाको वडा नं १ मा नेपाली काँग्रेसका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् । 

अमरगढी नगरपालिका वडा नं १ बाट काँग्रेसका लोकबहादुर ऐर प्यानलसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । 

यसैगरी डडेल्धुराकै गन्यापधुरा गाउँपालिका वडा नं १ मा काँग्रेसकै चेतराज भट्ट प्यानलसहित विजयी भएका छन् । डडेल्धुरामा रहेका सातवटै स्थानीय तहमा मतगणना भइरहेको छ । हालसम्म चार स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने दुई तहमा एमाले र एकमा माओवादी केन्द्रले अग्रता लिएको छ । 

विशेष