प्रदेश नम्बर १ मा एमाले अगाडि बढ्ने देखियो
असार १५ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मत गणना सुरु भएको छ । प्रदेश नम्बर १ मा चार स्थानमा नेकपा एमालेले लिड गरेको छ । नेकपा एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेस ३ स्थानमा अगाडि छ भने नेकपा माओवादी केन्द्र दूई स्थानमा अगाडि छ ।
अन्य कुनै पनि दलहरुले प्रदेश १ मा अग्रता लिन सकेका छ्रैनन् । प्रदेश १ को तराइका जिल्लाहरु झापा, मोरङ सुनसरीका केही तहमा मधेसी दलका उम्मेदवारले जित्न सक्ने आँकलन गरिएको छ ।