प्रदेश नम्बर पाँचमा कांग्रेस र माओवादीको टक्कर, एमाले पछाडि
असार १५ । प्रदेश नम्बर पाँचमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको टक्कर पर्ने देखिएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुशार प्रदेश पाँचमा नेपाली कांग्रेस ४ स्थानमा अगाडि छ । नेकपा माओवादी केन्द्र पनि चार स्थानमा अगाडि छ । तर यो प्रदेशमा एमाले जम्मा दुई स्थानमा मात्रै अगाडि छ । अन्य राजनीतिक दलहरु ३ स्थानमा अगाडि देखिएका छन् ।