राजनीति

फेरि पनि एमाले नै हावी हुने भयो तीनै प्रदेशमा

फेरि पनि एमाले नै हावी हुने भयो तीनै प्रदेशमा

असार १६ । तीन वटै प्रदेशमा नेकपा एमालेकै प्रभाव बढी रहने छनक देखा परेको छ । अग्रताको हिसाबले प्रदेश नम्बर सातमा कांग्रेस अगाडि छ । तर विजयी भएको हिसाबले एमाले अगाडि छ । प्रदेश सातका २ वटा स्थानीय तहमा कांग्रेस विजयी भएको छ भने तीन तहमा एमाले विजयी भएको छ ।
अग्रताको दृष्टिले भने सातमा कांग्रेस एमालेभन्दा धेरै अगाडि छ । सातको ३१ वटा तहमा कांग्रेस अगाडि छ भने १९ स्थानमा एमाले अगाडि छ । त्यस्तै माओवादी केन्द्र १७ स्थानमा अगाडि छ । राप्रपाले पनि दुई स्थानमा अग्रता लिएको छ ।

यता पाँच नम्बर प्रदेशमा पनि एमालेको प्रभाव राम्रै देखिएको छ । ३९ स्थानमा एमाले, ३२ स्थानमा कांग्रेस, १७ स्थानमा माओवादी, एक स्थानमा राप्रपा अगाडि छ भने तीन स्थानमा अन्य राजनीतिक दलहरु अगाडि छन् ।

पूर्वको प्रदेश एक नम्बरमा त एमाले निक्कै शक्तिशाली भएर निस्कने संकेत देखा परेको छ । एमाले ५९ स्थानमा, माके १२ स्थानमा, नेका ५० स्थानमा अगाडि छन् । अन्य पार्टी पनि चार स्थानमा अगाडि छन् । प्रदेश एकको एक एक तहमा कांग्रेस माओवादी विजयी भएका छन् ।

विशेष