विराटनगर र इटहरी जस्तो विशेष सहरमा एमालेले घुँडा टेक्ने भयो
असार १६ । प्रदेश नम्बर एकको राजधानी हुन सक्ने सम्भावना बोकेका इटहरी र विराटनगरमा नेकपा एमालेले घुँडा टेक्ने संकेत देखा परेको छ । हालसम्मको गणनाअनुशार इटहरी उपमहानगरपालिकामा नेकाका मेयरले १०३१ प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ८५० मत प्राप्त गरेको छ ।
त्यस्तै गरी विराटनगर महानगरमा पनि कांग्रेस नै अगाडि आएको छ । नेकाका मेयरका उम्मेदवार भिम पराजुलीले २१६ मत प्राप्त गरेका छन् । एमालेका विनोद ढकालले १५२ मत प्राप्त गरेका छन् ।
विराटनगर महानगरमा संघीय समाजवादीका उमेश यादवले जम्मा ८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि नेकाकै इन्दिरा कार्की १७१ मत प्राप्त गरेर अग्र स्थानमा छिन् । उनलाई फोरम लोकतान्त्रिककी सुचि चौधरीले ८५ मत प्राप्त गरेर पछ्याइरहेकी छन् ।