राजनीति

महाकाली नगरपालिकामा काँग्रेस विजयी

महाकाली नगरपालिकामा काँग्रेस विजयी

 

असार - १६ । सदरमुकामको महाकाली नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नगर प्रमुखमा काँग्रेसका हंशराज भट्ट चार हजार ४३ मत प्राप्त गरी विजयी भएक हुन् । उनका निकटतम प्रतिद्धन्दीे नेकपा (एमाले)का नरसिंह चैसिरले तीन हजार ५८६ मत प्राप्त गरे। 

यस्तै नगर उपप्रमुखमा काँग्रेसकी सुना बोहराले चार हजार १३२ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गा धामीले तीन हजार ३४४ मत प्राप्त गरिन् । 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाका अनुसार महाकाली नगरपालिकाका नौवटा वडा मध्ये आठवटामा काँग्रेस र एउटामा एमाले विजयी भएको छ । काँग्रेसबाट वडाध्यक्षमा क्रमशः महाकाली नगरपालिका– १ मा कल्यानसिंह कुँवर, २ मा गौरसिंह साहु, ३ मा पदमसिंह महर, ४ मा पुष्करराज जोशी, ५ मा तोरनप्रसाद अवस्थी, ६ मा चक्रसिंह बोहरा, ७ मा दिनेशराज जोशी र ८ मा चन्द्रसिंह विष्ट विजयी भए । एमालेका हरसिंह डाँगा वडा नं– ९ को वडाध्यक्षमा विजयी भएका छन् ।

विशेष