राजनीति

खोटाङको पाकोट मझुवागढी नपा १३ मा माओवादीको प्यानलै विजयी

खोटाङको पाकोट मझुवागढी नपा १३ मा माओवादीको प्यानलै विजयी

 

असार - १६ । रुपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलामा नेकपा (माओवादी केन्द्र)को समूह विजयी भएको छ । माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भीम राईले २९५ मत ल्याएर विजयी भए भने भने उनका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जगवीर तामाङले १८० मत प्राप्त गरेका थिए । 

सो वडामा माओवादीकै अन्य सदस्य पनि विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २६ हजार २८३ मतदाता रहेको नगरपालिकामा १७ हजार ४४ मत खसेको जनाइएको छ । 

प्राप्त मतपरिणामअनुसार वडा नम्बर १, ७ र ११ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ६, १२ र १३ मा माओवादी केन्द्रका समूह विजयी भएको बताइएको छ । 

खोटाङकै जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र १७ सदस्यसहित २३ पदमा जित हासिल गरेको छ । एमालेका शङ्करबहादुरले दुई हजार १५३ र विमलाले दुई हजार ८६ मत ल्याएर प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । 

अध्यक्ष पदमा शङ्करका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेम खड्काले एक हजार ५६२ र उपप्रमुख अनिता राईले एक हजार ४६६ मत ल्याएका छन् । उक्त गाउँपालिकामा काँग्रेसले एक वडाध्यक्षसहित सात पद र माओवादी केन्द्रले एक वडाध्यक्षसहित दुई पदमा जित हासिल गरेको छ । 

विशेष