राजनीति

टीकापुर ३ र ६ मा फोरम लोकतान्त्रिक विजयी

टीकापुर ३ र ६ मा फोरम लोकतान्त्रिक विजयी

 

असार - १६ । कैलालीको टीकापुर नगरपालिका–३ र ६को अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ । 

सहायक निर्वाचन अधिकृत वसन्त बोहराका अनुसार वडा नं ३ मा नेपाल फोरम लोकतान्त्रिकका रामसेवक चौधरी ५४० मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् । उक्त वडाको एक सदस्य नेकपा (माओवादी केन्द्र) र बाँकी तीन सदस्य लोकतान्त्रिक फोरमले जितेको छ । 

यसैगरी वडा नं ६ मा लोकतान्त्रिक फोरमकै बलीराम चौधरी ५२१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भए । उक्त वडाका सबै सदस्यमा लोकतान्त्रिक विजयी भएको छ । 

टीकापुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाल लोकतान्त्रिक फोरमले सुरुदेखि नै अग्रता लिइरहेको छ । एमालेका प्रत्यासीले उनले पछ्याइरहेका छन् । 

कैलालीको घोडाघोडी नगरपालिका–१२ को वडाध्यक्षसहित पूरै समूह माओवादी केन्द्र विजयी भएको घोषणा यसअघिनै गरिसकिएको छ । वडा अध्यक्षमा विजयी प्रनाकुमार चौधरीले ६८९ मत र उहाँको निकटतम काँग्रेसका रामदुलारे चौधरीले ४६५ मत प्राप्त गरेका छन् ।

विशेष