राजनीति

सुस्तामा एमाले विजयी

सुस्तामा एमाले विजयी

असार - १६ । भारतसँग सीमा जोडिएको नवलपरासीको सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा एमालेका उम्मेदवार रामप्रसाद पाण्डे ४४२४ र उपाध्यक्षमा इन्द्रकुमार थरुनी ४३४६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली कांग्रेसका हस्मुद्धिन शेषले ४१७१ र विमला उपाध्यायले ४१३८ मत प्राप्त गरे ।

पाँच वटा वडा रहेको सुस्ता गाउँपालिकाका वडाध्यक्षमा कांग्रेस र एमालेका दुई दुई र राप्रपाले एक स्थान जित हासिल गरेका छन् ।

विशेष